पोखरा ३३ को वडा कार्यालयमा तालाबन्दी
पाेखरा | पुस २५, २०८२
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीमाथि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका स्थानीयमाथि खुकुरी देखाएर धम्क्याएको आरोप लागेको छ।
पोखरा–३३ स्थित पुँडीटार क्षेत्रमा फोहोर प्रशोधन केन्द्र (ल्याण्डफिल साइट) निर्माण गर्ने महानगरपालिकाको निर्णयविरुद्ध स्थानीयवासी लामो समयदेखि विरोध गर्दै आएका थिए।
बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै शुक्रबार उनीहरूले वडा कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यालय घेराउ गरेका थिए। सो क्रममा प्रदर्शनकारीले वडा कार्यालयको गेटमा ताला लगाएका थिए।
प्रदर्शनकै क्रममा वडाध्यक्ष अधिकारी खुकुरीसहित उपस्थित भई आन्दोलनकारीलाई तर्साउने प्रयास गरेको स्थानीय सञ्जय आचार्यले बताए । उनले भने‘ वडाध्यक्षले को हो ? यहाँ ताला लगाउने, देखाइदिउँ? ” भन्दै खुकुरी नचाए ।
घटनापछि अवस्था तनावग्रस्त बनेपछि प्रहरीले वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पोखरा पठाएको छ। खुकुरी देखाइएको घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीले वडाध्यक्षको गाडी तोडफोड गर्नुका साथै वडा कार्यालयको गेट र कार्यकक्षमा पुनः ताला लगाएर प्रदर्शन जारी राखेका छन्।
स्थानीय बासिन्दाहरूले भरतपोखरी क्षेत्रको पहिचान कुनै पनि हालतमा ल्याण्डफिल साइट हुन नसक्ने स्पष्ट पारेका छन्। “कुनै पनि परिस्थितिमा यहाँ फोहोर प्रशोधन केन्द्र स्वीकार्य हुँदैन,” स्थानीय दिनेश आचार्यले बताए।
विवादले झडप निम्तिने देखिएपछि प्रहरीले वडाध्यक्ष अधिकारीलाई आफ्नो गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय कास्की ल्याएको कास्की प्रहरीले जनाएको छ ।
ललितपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको छ। बैठक ११ बजेदेखि ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड प्यालेसमा बसिरहेको छ । बैठकमा त्यसपछि पार्टी अध्यक्ष केप...
काठमाडौं: नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो । ...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्य...

